Logo

बागमती पेज

असार १३, २०७८ आईतबार

सडक विभाग तालाबन्दी गर्न पुगेका वडाध्यक्ष भट्टराई सहित दर्जनौं स्थानीय पक्राउ


काठमाडौं । सडक विभाग तालाबन्दी गर्न पुगेका बूढानीलण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई सहित दर्जनौ स्थानीयहरु पक्राउ परेका छन् ।

वर्षौ देखि निर्माण नभएर अलपत्र परेको तेन्जिंग चोक-खरिबोट सडकका बारेमा छलफल गर्न सडक विभाग बबर महल पुगेका वडा अध्यक्ष भट्टराई र स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त क्षेत्रको सडक निकै जिणर् भएको लामो समय हुँदा पनि ठेकेदार सम्पर्कमा नआएको र कुनै सुनुवाई र पहल नभएकोले बाध्य भएर तालाबन्दी गर्नु परेको भन्दै अध्यक्ष भट्टराईले विभागका हाकिम र कर्मचारीहरुले पनि वेवास्ता गरेको बताएका छन् ।

सो कार्यालयमा तालाबन्दी भएपछी ठुलो शंख्यमा परिचालन भएको प्रहरीले वडाध्यक्ष भट्टराई सहित दर्जनौ स्थानीयलाई तिनकुने प्रहरी कार्यालय लगेको जनाईएको छ ।