Logo

बागमती पेज

असार १३, २०७८ आईतबार

CIB Campaign को पहलमा सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत वितरण


सिन्धुपाल्चोक । CIB (Commitment to International Brotherhod) Campaign पहलमा सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत वितरण गरिएको छ ।

विश्वबन्धुत्व प्रति प्रतिबद्धता अभियान तथा NRNA Okinawa-Japan पहलमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं.२ का वडाध्यक्ष ग्याल्बु लामाको उपस्थितिमा २२ घरधुरीलाई राहत हस्तान्तरण गरिएको हो ।

बाढी पीडित २२ परिवारलाई २ लाख ३९ हजार २ सय अन्ठाउन्न रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको संथाका अध्यक्ष नारायण प्रसाद पहाडीले बागमती पेजलाई जानकारी दिएका छन् । उनीहरुलाई चामल, चिउरा, चाउचाउ, बिस्केट, नुन, तेल लगायतका खाद्यन्न, त्रिपाल, झुल, माक्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

CIB Campaign बिश्व का 47 देशमा अन्तर्राष्ट्रिय प्रतिनिधि भएको एउटा अन्तराष्ट्रिय संथा हो । यसले समाजिक क्षेत्रमा विभिन्न कामहरु गर्दै आएको छ ।