Logo

बागमती पेज

असार २७, २०७८ आईतबार

प्रदेश १ को नमुना मुख्यमन्त्रीमा नविन पहाडी !


प्रदेश १ को नमुना मुख्यमन्त्रीमा विद्यार्थी नेता नविन पहाडी चयन भएका छन् । राष्ट्रिय युवा परिषदको ‘नमूना युवा सांसद अभ्यास’का लागि पहाडी प्रदेश १ को मुख्यमन्त्री चयन भएका हुन् ।

राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०७७–०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रम अन्तरगत प्रदेश १ को सामाजिक विकास मन्त्रीमा आरती भट्टराई, आर्थिक मामिला तथा योजना मन्त्रीमा मौसम आचार्य, भूति व्यवस्था, कृषि, वन पर्यटन वातावरण तथा भौतिक पूर्वाधार विकास मन्त्रीमा सन्ध्या लिङ्देन र आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सफलता विश्वकर्मा चयन गरेकाे छ ।

युवा परिषद्ले रहेक वर्ष यस्तो अध्यास चलाउँदै आएको छ ।