Logo

बागमती पेज

श्रावण २०, २०७८ बुधबार

बूढानीलकण्ठमा कोरोना संक्रमितको संख्या बढ्दो


काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा विगत एक सातादेखि कोरोना भाईरस संक्रमितको संख्या बढ्दो रहेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

नगरपालिकामा कोभिडसँग मिल्दो जुल्दो लक्षण देखियमा हरेक सोमबार र बिहिबार नगरभित्र रहेका बूढानिलकण्ठ स्वास्थ्य चौकि, वडा नं. ३ को चपलि घुम्ति र वडा नं. ११ मा रहेको शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा गएर परिक्षण गराउन सकिने नगर प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभएको छ ।

नगरभित्रका विमारीलाई स्वास्थ्यमा समस्या भई अस्पताल जानु परेमा नगरले २४ सै घण्टा निःशुल्क एम्बुलेन्सको समेत ब्यवस्था गरेको छ । स्वास्थ्य सम्बन्धी कुनैपनि समस्या आएमा र स्वास्थ्य परामर्श गर्नुपरेमा स्वास्थ्यकर्मीसँग टेलिफोन मार्फत सम्पर्क गरी सामान्य समस्याको समाधान गर्न सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।

साथै नागरिकको स्वास्थ्यमा आएको सामान्य समस्या समाधान गर्न बूनपा १० डिठ्ठा चौरमा संचालित नगर अस्पतालमा आएर समान्य औषधी उपचार समेत पाउनसक्ने नगर स्वास्थ्य अधिकृत डा. अङ्कित पौडेलले जानकारी दिनुभएको छ ।