Logo

बागमती पेज

श्रावण २२, २०७८ शुक्रबार

एसईई रिजल्ट ३/४ दिनभित्र आउने


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा आउँदाे हप्ता सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक रुद्र अधिकारीका अनुसार जिल्लाबाट प्राप्त भएका मूल्यांकन विवरण ‘इन्ट्री’को काम सकिएको छ । ‘उनले भने, ‘अब विद्यार्थीले प्राप्त गरेका अङ्कको आधारमा ग्रेडहरू मिलाउनेलगायत प्राविधिक काम बाँकी छन् । आउँदो शुक्रबारसम्म नतिजा निकालिसक्छाैँ ।’

निषेधाज्ञाका कारण गत २७ वैशाखमा एसइई परीक्षा स्थगित भएको थियो । गत १३ जेठदेखि भौतिकरूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि १७ जेठमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।