Logo

बागमती पेज

श्रावण २५, २०७८ सोमबार

थप ३६५१ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको मृत्यु


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६५१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१६ हजार ५९४ जनाको परीक्षण गर्दा पीसीआरबाट २ हजार ६०९ र एन्टिजेन विधिबाट १ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ७ लाख १६ हजार ४८६ र एन्टिजेन विधिबाट ६९ हजार ५२० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ ।

हाल ३६ हजार २८८ सक्रिय सङ्क्रमितमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ३८१, सघन उपचार कक्षमा ७४१ र भेन्टिलेटरमा १८६ जना रहेका छन् । त्यस्तै, क्वारेन्टिनमा ४४१ जना रहेका छन् ।

यही अवधिमा थप १७८४ जना सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमितमध्ये ६ लाख ७१ हजार ८३ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ११५ पुगेको छ । नेपालमा कोभिड–१९ बाट मृत्यु हुने दर १.५ प्रतिशत रहेको छ ।

पछिल्लो एक दिनमा थप १ लाख ४५ हजार ३० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म नेपालमा २६ लाख ६ हजार ४६ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।