Logo

बागमती पेज

भाद्र ९, २०७८ बुधबार

माधव नेपाल पक्षका केन्द्रीय सदस्य र सांसदले गरे आयोगमा सनाखत


काठमाडौं ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सदस्यको हस्ताक्षर सनाखत गराएको छ ।

नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

सोही क्रममा नेकपा एकीकृत समाजवादीका २९ सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् ।

यसैबीच वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् । भारतमा उपचारकाे क्रममा रहेका उनले दूतावासमार्फत निर्वाचन आयोगमा हस्ताक्षर सनाखत पठाएका हुन् ।