Logo

बागमती पेज

भाद्र १२, २०७८ शनिबार

चर्चामा विष्णु माझी, एक हप्तामा ५० लाखले हेरे ‘चरी जेलैमा’ (भिडियाे सहित)


काठमाडौं । चर्चित लोक गायिका विष्णु माझी अहिले चर्चाको शिखरमा छिन् । एक हप्ता अघि सार्वजनिक भएको नयाँ तिज गीत ‘चरी जेलैमा’ सार्वजनिक भएसँगै उनी चर्चामा आएकी हुन् । विष्णु माझीको स्वरमा सजिएको उक्त गीतलाई एक हप्तामा ५० लाखभन्दा बढिले हेरिसकेका छन् ।

अहिलेसम्म गीतको भिडियोमा ११ हजार बढीले प्रतिक्रिया दिएका छन् । भिडियाेमा आएका अधिकांश प्रतिक्रिया सकारात्मक छन् । प्रतिक्रियामा गायिका माझीको आवाज सुनेमात्र तिज आएजस्तो लाग्ने बताइएको छ । कतिले त यस गीत विष्णु माझीकै कथाको भएको प्रतिक्रिया पनि दिएका छन् ।

उक्त गीतले तिजको मौलिकतालाई झल्काएको र विवाहित चेलीको वेदनालाई मार्मिक रुपमा प्रस्तुत गरेको पाईन्छ। विष्णु माझीका पति सुन्दरमणी अधिकारीको शब्द/संगीत रहेको ‘चरी जेलैमा’मा विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सपना म्युजिक इन्डष्ट्रिजको युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा ललिता पौड्यालको अभिनय छ । साथै, शिव बि.क.को कोरियोग्राफीमा सुन्दरमणीले नै भिडियोको निर्माण एवम् निर्देशन गरेका हुन् । भिडियोको छायाँकन शम्भु चालिसेले गरेका हुन भने भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।