Logo

भवानी कार्की

भाद्र १८, २०७८ शुक्रबार

नेपाली कांङ्ग्रेस ढकारी गाउँपालिका- ३ को अधिवेशन सम्पन्न, रंग बहादुर बुढा सर्वसम्मत चयन


अछाम । नेपाली कांङ्ग्रेस ढकारी गाँउपालिका वडा नं ३ हिम्चाको वडा अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका रंग बहादुर बुढा सभापतिमा सहित सर्वसम्मत कार्यसमिति गठन भएको हो । साथै १७ जना क्षेत्रीय प्रतिनिधि समेत निर्वाचीत भएका छन् ।

पार्टीमा चयन भएका १७ जना प्रतिधिनि लगाएत सम्पुर्ण टिमलाई सभापति रंग बहादुर बुडाले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आगामी दिनमा पार्टीलाई व्यवस्थित ढंगले अगाडी बढाउन आफु लागी पर्ने समेत सभापति बुढाले बताए ।