Logo

भवानी कार्की

आश्विन ५, २०७८ मंगलबार

जिल्ला नेतृत्व लिई पार्टीलाई चलाएमान बनाउन मेरो उम्मेदवारी : नेता बर्मा लामा


दोलखा । नेपाली कांङ्ग्रेसको चौधौँ महाधिवेशनमा नेता बर्मा लामाले जिल्ला सभापतिको उम्मेदवारी दिने भएका छन् ।

दोलखा लगायत अन्य जिल्लमा नेपाली कांग्रेसको खस्कदो अवस्था भइरहँदा हाल भएका नेतृत्वले आइपरेका चुनौतीको सामना गर्न नसकेको आरोप लगाउँदै अबको जिल्ला नेतृत्वको जिम्मा आफुले लिई पार्टीलाई चलाएमान बनाउन नेता लामाले उम्मेदवारी दिने भएका हुन् ।

लामो समयदेखि नेपाली कांगे्रसको भात्रृ संगठनमा आबद्ध हुँदै आएका लामा हाल नेपाल तामाङ संघका केन्द्रीय महासचिव र महासंघका कार्यसमिती सदस्य रहेका छन् । कांगे्रसले गरेको राम्रो कामको मुल्याङ्कन हुँन नसक्दा कांङ्ग्रेस कमजोर बन्दै गएको दावी गरेका छन् ।

नेता बर्मा लामाले बागमती पेजसँग भने, अत्याधिक मतले नेपाली कांङ्ग्रेसलाई जिताउन महत्पूणर् भुमिका निर्वाह गर्नेछु, नेपाली कांग्रेसका जनप्रतिनिधिलाई सशक्त बनाई विकास निर्माणका प्रकृयामा भएका नराम्रा गतिविधीलाई हटाउने तथा नेपाली कांङ्ग्रेसका कार्यकर्तालाई सूसुचित र संगठित बनाई दोलखालाई समुन्नत ढंङ्गले अगाडी बढाउनेछु ।

पार्टी भित्रका जनवर्गिय संगठनलाई चलाएमान बनाउन र पर्टीका कार्यकर्तालाई सुरक्षित महसुस गराई कुनै अन्यायमा पर्न नदिने प्रतिबद्धताका साथ जिल्ला सभापतिको उम्मेदवारी दिने भएका हुन् ।