Logo

बागमती पेज

आश्विन ५, २०७८ मंगलबार

चितवनमा ३५ वर्षमाथिका सबैलाई खोप, १८ वर्ष माथिका विद्यार्थीले पनि पाउने


चितवन । चितवनका सातै पालिकामा आजदेखि ३५ वर्षमाथिका सबै नागरिकलाई भेरोसिल खोप लगाईने भएको छ । जिल्लामा एक लाख १० हजार डोज भेरोसिल खोप आए लगतै हाल यस अभियान सञ्चालन गरिने भएको  हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीकाभनाई अनुसार पालिकाले तोकेका खोप केन्द्रबाट यो सेवा लिन सकिने भएको छ । ३५ वर्षभन्दा माथिका सबैले यो खोप लगाउन पाउने उनको बताएका छन् ।

यसैगरी १८ वर्षमाथिका विद्यार्थीलाई पनि यो खोप लगाईने नउले बताए  । जिल्लाका सात वटै पालिकाले खोप तालिका सार्वजनिक गरेका छन् ।

जस अनुसार अधिकांशले असोज ५ र ६ गतेलाई तोकेका छन् उनका अनुसार जिल्लामा आएको एक लाख १० हजार खोपमध्ये ६५ हजार खोप दोस्रो मात्रा दिन बाँकी रहेकाहरुलाई दिइनेछ ।

दोस्रो मात्रा भने असोज १४ गतेदेखि शुरु हुनेछ । चितवनका सबै पालिकामा यसअघि लगाइएको खोप केन्द्रहरुमै खोप लगाइने व्यवस्था भएको उनले जानकारी गराएका छन् ।