Logo

मेघनाथ पहाडी

आश्विन १४, २०७८ बिहीबार

फिक्कल-३ को वडा कार्यालय भवन मन्त्री कटुवालद्वारा उद्घाटन


सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नं.३ को वडा कार्यालय भवन बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

फिक्कल-३ का वडाध्यक्ष टेक बहादुर रजन मगरका अनुसार वडा कार्यालय भवन १ करोड ५० लाख लागतमा निर्माण सम्पन्न भएको हो । जसमा गाउँपालिकाको एक करोड र बागमती प्रदेश सरकारको ५० लाख बजेटमा निर्माण गरिएको हो ।

भवन उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्य मन्त्री कटुवालले विकास निर्माणका काममा विगत देखिनै फिक्कललाई साथ सहयोग गर्दै आएको बताएका छन् । फिक्कलमा आवश्यक विभिन्न कामहरु गर्दै आएको छु मन्त्री कटुवालले भने आगामी दिनमा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने थप सहयोग गर्न सक्दो पहलगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रमको सम्वोधन गर्दै फिक्कल गाउँपालिका अध्यक्ष धन बहादुर कार्कीले मन्त्री कटुवाललाई फिक्कलको स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग गर्न अनुरोध गरेका थिए । साथै अध्यक्ष कार्कीले जिल्ला कै सबैभन्दा अग्लो डाँडो फिक्कललाई पर्यटकिय गन्तव्य बनाउन बागमती प्रदेश सरकारको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला ईन्चार्ज उमा कोईराला, तीनपाटन गाउँपालिका अध्यक्ष कणर् बहादुर थापा मगर, फिक्कलका प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद न्यौपाने, गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवार, गाउँपालिका प्रवक्ता राजु बराल, विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु लागायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।