Logo

बागमती पेज

आश्विन २०, २०७८ बुधबार

कालापानी क्षेत्रमा जनगणना गर्न अखिलको माग


नेकपा (एकीकृत समाजवादी) को भातृसंगठन– अनेरास्ववियुले भारतले अतिक्रमण गरेको दार्चुलाको व्यास गाउँपालिका–१ स्थित कालापानी क्षेत्रमा जनगणना गर्न माग गरेको छ ।

अध्यक्ष सुदेश पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै कालापानी, लिपुलेक क्षेत्रमा जनगणना गर्न सुपरीवेक्षक नपठाएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल वैकल्पिक व्यवस्थाबाट जनगणना गर्न माग गरेका हुन् ।

विज्ञप्तिमा जनगणना गर्न भारतको बाटो भएर जानुपर्ने र यसका लागि सुरक्षा चुनौती भएकोले सरकारले तत्काल द्विपक्षीय कुटनीतिक वार्तामार्फत समस्याको समाधान गर्नुपर्ने उल्लेख छ ।

‘जनगणना गर्न भारतीय बाटो भएर वा नेपालकै हवाई मार्ग प्रयोग गर्नेगरी नेपाली बस्ती र नेपाली नागरिकको सूचिकरण गर्न जनगणना सुपरीक्षक पठाउन परराष्ट्र मन्त्रालयसँग जोडदार माग गर्दछौं,’ अखिलले विज्ञप्तिमा ‘यी क्षेत्रमा जनगणना नगरिए अनेरास्ववियू संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछ’ भनिएको छ ।