Logo

बागमती पेज

कार्तिक १०, २०७८ बुधबार

महानगर ७ को अध्यक्षमा दिपेन्द्र पुडासैनी र सचिवमा राम कृष्ण पौडेल निर्वाचित


काठमाडौं । नेकपा एमाले काठमाडौं महानगर ७ वडा कमिटीको कमिटीको दसौं वडा अधिवेसनबाट अध्यक्षमा दिपेन्द्र पुडासैनी र सचिवमा राम कृष्ण पौडेल निर्वाचित निर्वाचित भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जुममार्फत सम्बोधन गरिएको वडा अधिवेशनमा केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईले शुभकामना मन्तव्य राख्दै नव निर्वाचित वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुले नेकपा एमालेलाई टोल टोलमा विस्तार गरी जनताको दु:खसुखमा साथ दिन निर्देशन दिएका छन् ।

१७,००० भन्दा बढी मतदाता रहेको काठमाडौं महानगर वडा- ७ मा २६२ पार्टी सदस्य क्रियाशील रहेका छन् भने पुडासैनीको नेतृत्वमा निर्वाचित ४५ सदस्य वडा कमिटीले चुनौतिको पहाड नै छिचोल्नुपर्ने देखिन्छ। गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित ५ जना वडा सदस्यहरुमा अध्यक्ष सहित २ जना सदस्यहरु जानु र प्रदेश तथा संघीय निर्वाचनमा समेत एमालेले कम मत ल्याउनुको कारणले पनि आगामी संसदीय निर्वाचनको लागि वडा नम्बर ७ निर्णायक हुने देखिन्छ।

नेकपा एमाले का.म.पा. -७ को नव निर्वाचित कमिटी:
अध्यक्ष :
दिपेन्द्र पुडासैनी
उपाध्यक्ष : रेणु गिरि
सचिव : राम कृष्ण पौडेल
उप-सचिव : आरिफ खान र विश्वम्भरदेव भट्टराई

सदस्यहरु :
माधब न्योैपाने
रोहित आले
भरत श्रेष्ठ
नारायण शर्मा पौडेल
पुरुषोत्तम भट्टराई
रत्न लामा
शान्ति गुरुङ
दिपक बिक्रम राणा
राजमणि भट्टराई
गंगा त्रिपाठी
तुला बडाल
कल्पना अर्याल
भगवती खतिवडा
नारायण रिमाल
सुकृत भट्टराई
बिनय पोखरेल
कृष्ण चालिसे(ए)
विश्वनाथ भट्टराई
विवेक चालिसे
प्रदिप शर्मा
नारायणदेबी मानन्धर
रिना शाही
राममणि सापकोटा
सिताराम खतिवडा
देवीमाया बस्नेत
कृष्ण चालिसे( बि)
नारायण पाठक
सचिन शाक्य
सुलना श्रेष्ठ
सन्जयलाल श्रेष्ठ
सुरेन्द्र चिमोरिया
रमेश भट्टराई
सामना थापा
सृजन कायस्थ
मोहन सुनुवार
अमृत जंग थापा
हर्क तामाङ
शिला खड्की