Logo

बागमती पेज

कार्तिक १४, २०७८ आईतबार

बूढानीलकण्ठ-८ मा नेकपा एमालेको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ -८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गोल्फुटारमा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई रहेका थिए ।

नेकपा एमाले बूढानीलकण्ठ -८ का अध्यक्ष बिनोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य संगम गहतराज, मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज विदुर विक्रम खड्का, जिल्ला कमिटी सदस्य दुर्गा थापा, नगर कमिटी अध्यक्ष प्रदिप डंगोल, उपाध्यक्ष शम्भु भट्टराई, एमाले नगर कमिटी सदस्य माधव पौडेल, वडा नं. २ का राजेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

वडा कमिटीका उपाध्यक्ष निश्चल अधिकारीले स्वागत मन्तव्य र सचिव सबिन अधिकारीको संचालनमा भएको सो कार्यक्रममा दिपावली ,नेपाल सम्बत र छठ लगायतका नेपालीहरुका पर्वहरुको शुभकामना प्रदान गरिएको थियो ।