Logo

बागमती पेज

कार्तिक २४, २०७८ बुधबार

काठमाडौं महानगरमा एमालेको शुभकामना आदान-प्रदान भव्य रुपमा मनाईयो


काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेको शुभकामना आदान-प्रदान कार्यक्रम भव्य रुपमा मनाईएको छ ।

नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ७ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम चावहिल स्थित शणेश स्थान चौरमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सल्लाहकार कमिटीका अध्यक्ष केशव बडाल ,नेकपा एमालेका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई , केन्द्रीय सदस्य तथा काठमाडौं सह इन्चार्ज नारायण सिलवाल , प्रतिनिधि सभा सदस्य विद्या भट्टराई, बागमती प्रदेश कमिटी सदस्य निर्मल कुइकेल, मिठाराम अधिकारी, संगम गहतराज, काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सचिव दिपक निरौला, जिल्ला सदस्य तथा क्षेत्रीय संयोजक तेज ढकाल, सह संयोजक लक्ष्मी संग्रौला, बागमती प्रदेश सभा सदस्य नरोत्तम बैद्य, लेखक खगेन्द्र संग्रौला लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ का वडावासी, नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्यहरु, नेता तथा कार्यकर्ता उपस्थित रहेको कार्यक्रममा गायक सुर्यमणी आचार्यले सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रम नेकपा एमाले काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष दिपेन्द्र पुडासैनीले शुभकामना सहित संचालन गरेका थिए ।