Logo

बागमती पेज

मंसिर १, २०७८ बुधबार

टोखा नगरपालिकाको ‘नगर स्मारिका’ बिमोचन


काठमाडौं । टोखा नगरपालिकामा नगर स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

टोखा नगरपालिकाद्वारा सद्भाव बैक्वेटमा आयोजित नगर स्मारिका बिमोचन तथा सम्मान कार्यक्रम एवं सार्वजनिक सुनुवाइ कार्यक्रमका प्रमुख अतिथि पुर्वउपप्रधानमन्त्री तथा काठमाण्डौ क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्य ईश्वर पोखरेलले नगर स्मारिका बिमोचन गरेका थिए ।

नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै दिगो विकासको अवधारणालाई अघि सारी ऐतिहासिक, सांस्कृतिक ,पर्यटकिय समृद्ध टोखा नगर को नारालाई आत्मसात गर्दै संघिय सरकार तथा बागमती प्रदेश सरकारले तय गरेको नीति तथा कार्यक्रम समेतलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समाहित गरिएको बताए ।

नगरपालिकाले तय गरेको आर्थिक तथा सामाजिक विकास, कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापन, जनताको जीवनस्तर, आम्दानी र रोजगारी वृद्धि, स्थानीय श्रोत साधन र सिपको अधिकतम प्रयोग, महिला, बालबालिका तथा लक्षित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कार्य, दिगो विकास वातावरणीय संरक्षण तथा सम्बर्द्धन, सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने कार्य जस्ता पक्षसंग सम्बन्धित नीति तथा कार्यक्रमहरुलाई सबै क्षेत्र, वर्ग, समुदायका माग तथा आवश्यकतालाई समेत विशेष ध्यान दिई कार्यन्वयन गरिएको नगर प्रमुख प्रकाश अधिकारीले स्पष्ट धारणा राखेका थिए ।