Logo

बागमती पेज

पुस १०, २०७८ शनिबार

नेकपा एमाले बूढानीलकण्ठ-११ वडा कमिटीको कार्यालय उद्घाटन


काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ -११ वडा कमिटीको कार्यालय उद्घाटन गरिएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११ कृष्णमन्दिरमा स्थापना गरिएको सो कार्यालय नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै डा. राजन भट्टराईले अबको केहि दिनमा नै निर्वाचनको मिति घोषणा हुने भएकोले अवका सम्पूर्ण काम र ध्यान निर्वाचन केन्द्रीत बनाउनका लागि अनुरोध गरेका थिए ।

डा. भट्टराईले हाल भैरहेको मतदाता नामावली संकलन कार्यमा सक्रिय हुन आग्रह गर्दै उनले कोहि पनि मतदाताको नाम छुट्नु नहुनेमा ध्यान दिनका लागि स्थानीय नेता तथा कार्यकर्ताहरुलाई आव्हान समेत गरे ।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य मिठाराम अधिकारी, संगम गहतराज, जिल्ला कमिटीका सचिवालय सदस्य तथा कार्यालय सचिव विदुर विक्रम खड्का, जिल्ला सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का संयोजक तेज ढकाल, जिल्ला सदस्य तथा  नगरपालिका उपप्रमुख रमादेवी राई, नगर कमिटी उपसचिव सुनिता गुरुङ लगायतको उपस्थितिमा भएको कार्यालय उद्घाटन कार्यक्रमको अध्यक्षता वडा नं ११ कमिटीका अध्यक्ष कृष्ण भट्टराईले गरेका थिए ।