Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

ग्लोरी सहकारी संस्थाको १२औं बार्षिक साधारणसभा सम्पन्न


बूढानीलकण्ठ नगरपालिकामा रहेको ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १२औं साधारणसभा सम्पन्न भएको छ।

संस्था तथा कार्यक्रमका अध्यक्ष राजेन्द्र श्रेष्ठले दीप प्रज्ववलन गरेर कार्यक्रम उद्घाटन गरेपश्चात अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनको प्रतिवेदनमा अहिलेसम्म संस्था र शेयर सदस्यको हितमा गरिएका तथा आगामी दिनमा गरिने कार्य योजनाहरु प्रस्तुत गरे ।

हिमालयन ईङ्ग्लिस स्कुलको प्राङ्गणमा भएकाे कार्यक्रमकाे प्रमुख अतिथिका रूपमा बूढानीलकण्ठ नगरपालिका सहकारी विभाग प्रमुख गीता ठगुन्नाको उपस्थिति रहेको थियोे । उद्घाटन सत्रमा उपस्थित अतिथिहरुलाई संस्थाका प्रबन्ध संचालक जनक थापाले मन्तव्यद्वारा स्वागत गरेका थिए।

संस्थाका कोषाध्यक्ष राजकाजी श्रेष्ठले आर्थिक प्रतिवेदन अत्यन्तै सरल भाषामा बुझाएर प्रस्तुत गरेका थिए। उनको प्रतिवेदन अनुसार ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको आर्थिक अवस्था सबल देखिएको थियो। संस्थाको कुल शेयर पूँजि ५ करोड ३० लाख ४०० रहेको छ। निक्षेप संकलन २४ करोड १३ लाख ५३ हजार ५०५ रहेको छ भने २६ करोड २८ लाख ८२ हजार ६०५ ऋण लगानी गरिएको छ। संस्थाको ३०७६ जना साधारण शेयर सदस्य रहेका छन्।

लेखा समिती संयोजक खेमराज घिमिरेले प्रस्तुत गरेको प्रतिवेदन अनुसार हालसम्म त्यस्तो कुनैपनि आर्थिक अनियमितता देखिएको छैन। अहिलेसम्म कुनै सदस्यले संस्थाबाट ऋण लगेर नतिर्ने गरेको वा कानुनी कार्वाहीको निम्ति कदम चाल्नु पर्ने नभएको कानुनी सल्लाहकार सानुकान्छा श्रेष्ठले बताए।

कार्यक्रमको प्रमुख अतिथि नगरपालिका सहकारी विभागकि प्रमुख गीता ठगुन्नाले सहकारीको महत्त्व माथि प्रकाश पार्दै सहकारीको स्थायित्व र विकासका निम्ति संचालक समिति अत्यन्तै इमानदार बन्नुपर्ने बताइन्। संचालक समिती भित्रका एकजना पदाधिकारीले मात्रै बदमासी गर्‍यो भनेपनि संस्था डुब्नसक्छ त्यसैले यसमा शेयर सदस्यको पनि महत्वपूर्ण जिम्मेवारी रहने उनले बताइन्।

दोस्रो बन्द सत्रमा प्रस्तुत प्रतिवेदन उपर छलफल गरि अनुमोदन गरि संचालक समितिको नयाँ पदाधिकारी चयन गरिएको थियो। उक्त साधारणसभाबाट निवर्तमान कोषाध्यक्ष राजकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरिएको छ। जसअनुसार उपाध्यक्षमा दिनेश थापा, सचिवमा विनय के.सी., केशर ठकुरी, तथा सदस्यहरुमा गौराज श्रेष्ठ, नवराज श्रेष्ठ र लक्ष्मीदास श्रेष्ठ रहेका छन्।

त्यस्तै लेखा समितिमा राजेन्द्र श्रेष्ठको संयोजनमा रामकाजी श्रेष्ठ र रामलाल श्रेष्ठ सदस्य रहेका छन्। ऋण समितिमा खेमराज घिमिरेको संयोजनमा राजेश पौडेल र नवराज थापा सदस्य रहेका छन्। शिक्षा समितिमा जीत श्रेष्ठको संयोजनमा गोपाल भण्डारी र प्रेमराज घोरासैनी सदस्य रहेका छन्।