Logo

बागमती पेज

पुस २५, २०७८ आईतबार

बूढानीलकण्ठ उपभोक्ता सहकारीको साधारणसभा सम्पन्न


काठमाडौं । बूढानीलकण्ठ उपभोक्ता सहकारी संस्थाको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७८ पौष २४ गते कपन बहुमुखी क्याम्पसको प्राङ्गणमा सम्पन्न उक्त साधारण सभा सम्पन्न भएकाे हाे ।

२९२ जना सदस्य रहेको उक्त संस्थाले गत लक्ष्मीपूजाका दिनदेखि मार्ट संचालन गरिरहेको छ । हाल ६२ लाख ७१ हजारको कूल पूँजी रहेको संस्थाले यस आर्थिक वर्षको अन्त्यसम्म १ करोड पचास लाखको कूल पूँजी र १३ लाख २० हजार कूल संचालन मुनाफा हासिल गर्ने लक्ष्य राखेको बताइएको छ ।

संस्थाका सचिव पुरुषोत्तम नेपालका अनुसार मार्टमा सुलभ मूल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध हुने, सदस्यलाई विशेष छुट दिइएको, सदस्यता कार्ड चाँडै नै उपलब्ध गराउने लक्ष्य राखिएको समेत जानकारी दिए ।

संस्थाका अध्यक्ष निरञ्जन नेपालको अध्यक्षता र बागमती प्रदेश सभा सदस्य कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा बूढानीलकण्ठ नगरपालिका वडानं. १० का वडा अध्यक्ष नवराज भट्टराई, बूढानिलकण्ठ नगरपालिका ८ का वडाध्यक्ष सुमन तामाङ, नगर कार्यपालिका सदस्य संगम गहतराज, राष्ट्रिय युवा परिषदका प्रमुख प्रशासकीय अधिकृत बाबुराम ढुंगाना, कपन बहुमुखी क्याम्पसका अध्यक्ष कुमारप्रसाद ओझा लगायतका विशिष्ट व्यक्तिहरु अतिथि रहेका थिए ।