Logo

बागमती पेज

पुस २७, २०७८ मंगलबार

ओखलढुंगा एमाले अध्यक्षमा शंकर कट्वाल र सचिवमा कमल न्यौपाने विजयी


ओखलढुंगा । ओखलढुंगामा नेकपा एमालेको अध्यक्षमा शंकर कट्वाल विजयी भएका छन् । एमालेको नवौं जिल्ला अधिवेशन अन्तरगत भएको मतदानबाट ४०० मत सहित कट्वाल विजयी भएका हुन् । उनका प्रतिस्पर्धी सिताराम गुरुङले २७६ मत ल्याएका छन् । अध्यक्षमा १२४ मतान्तर भएको छ ।
उपाध्यक्षमा ४१३ मत सहित हर्कबोल राई निर्वाचित भएका छन् । उनका प्रतिद्धोन्दी रञ्जित धमलाले ३४६ मत ल्याए ।

सचिवमा ३५६ मत ल्याएर कमल न्यौपाने विजयी भएका छन् । तीर्थ सुवेदीलाई ६५ मतले हराउँदै न्यौपाने विजयी भएका हुन् । सुवेदीले २९१ मत ल्याएका छन् ।

२ उपसचिव पदमा मणिराज राई र अशोक थापा विजयी भएका छन् । राईले ३५४ र थापाको ३३७ मत आयो । उपसचिवका उमेद्वार केशव ढुंगेलले २४३, भक्त कार्कीले १५९ र सञ्जु श्रेष्ठले ११९ मत ल्याएका छन् ।

अध्यक्ष कट्वाल, सचिव न्यौपाने र उपसचिव थापा अम्बिर गुरुङका उमेद्वार हुन् । यो समुहलाई बालकृष्ण ढुंगेलको साथ थियो ।

उपाध्यक्ष र उपसचिव राई दोय यज्ञराज सुनुवार–किशोर अधिकारी पक्षका उमेद्वार हुन् ।

संस्थापन पक्षका नेता अम्बिरबाबु गुरुङका उमेद्वार विरुद्ध जिल्लाका शिर्ष भनिएका नेताहरुको ठुलो मोर्चाबन्दी गरिएको थियो । त्यसका बावजुद पनि अध्यक्ष, सचिव, उपसचिव र बहुमत सदस्य सहितका पदहरुमा गुरुङ पक्षकै उमेद्वार विजयी भएका छन् ।