Logo

बागमती पेज

पुस २८, २०७८ बुधबार

प्रेस चौतारी ओखलढुंगाको अध्यक्षमा बानिया र सचिवमा मुनाल


काठमाडौं । प्रेस चौतारी नेपाल ओखलढुंगाको अध्यक्षमा सरस्वती बानिया र सचिवमा प्रवीण मुनाल चयन भएका छन् । प्रेस चौतारी नेपालको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा बानिया र सचिवमा मुनाल सर्वसम्मत चयन भएका हुन् ।

बानियाको अध्यक्षतामा १५ सदस्य जिल्ला कमिटी गठन भएको छ । निर्वाचित समितिको उपाध्यक्षमा पोकलनाथ दाहाल, सचिवमा प्रवीण मुनाल, कोषाध्यक्षमा यमुलाल ढकाल र सह–सचिवमा डेनिस थापामगर चयन भएका छन् ।

कमिटीका सहस्यहरुमा दुर्गा धमला, निश्चल राजभण्डारी, लक्ष्मण राउत, स्वर्णिमा सुनुवार, शिवकुमार कार्की, पासाङ शेर्पा, सागर उपकार, भगवती बानिया, सुजित बस्नेत र लक्ष्मी बानिया रहेका छन् ।

चाैतारीले प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने पार्सद समेत २/२ जना ताेकेकाे छ ।

प्रदेश १ का पूर्वमन्त्री तथा सांसद अम्बिरबाबु गुरुङको प्रमुख आतिथ्यतामा भएको प्रेस चौतारी नेपाल ओखलढुंगाको चौथो जिल्ला अधिवेशनलाई नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शंकर कट्वाल, उपाध्यक्ष हर्कबोल राई, सचिव कमलप्रसाद न्यौपाने, नेताहरु मोहन श्रेष्ठ, जगत लुइटेल लगायतका नेता, पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली र प्रेस चौतारीका केन्द्रीय सदस्य पूर्णप्रसाद न्यौपानेले सम्बोधन गरेका थिए ।

नव निर्वाचित पदाधिकारीलाई केन्द्रीय सदस्य न्यौपानेले सपथ ग्रहण गराएका थिए ।