Logo

बागमती पेज

माघ १, २०७८ शनिबार

भक्तपुरमा कोरोना संक्रमण बढ्न थल्यो, मध्यपुरका मेयर संक्रमित


भक्तपुर । मुलुकभर कोरोना संक्रमण बढन थालेको छ । त्यसको असर भक्तपुर जिल्लामा पनि देखिएको छ ।

स्वास्थ कार्यालयले दिएको तथ्यांकअनुसार शनिबार भक्तपुरमा १ सय ५४ जना कोरोना संक्रमित थपिएका हुन् । जसमा भक्तपुर नगरपालिकामा २७, चाँगुनारायणमा १३, मध्यपुर थिमीमा ४८, सूर्यविनायक नगरपालिकामा ४१ जना रहेका छन् ।

२५ जना संक्रमितको भने ठेगाना खुलेको छैन । मध्यपुरथिमि नगरपालिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई कोरोना संक्रमण भएको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । शुक्रबार मात्रै भक्तपुरमा ८२ जना कोरोना संक्रमण देखिएको थियो ।