Logo

बागमती पेज

माघ ३, २०७८ सोमबार

बूढानीलकण्ठ प्रमुख प्रशासकिय अधिकृतमा भुवनेश्वर लामिछाने


काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा भुवनेश्वर लामिछानेलाई स्वागत गरिएको छ । नगरपालिकामा निवर्तमान प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लाई बिदाई गरिए संगै नयाँ प्रमुख प्रशासकिय अधिकृत आउनु भएको हो ।

आईतबार एक औपचारीक कार्यक्रम मार्फत नगरपालिका प्रमुख उद्दव खरेल, उप-प्रमुख रमा देवि राई लगायत महाशाखा/शाखा प्रमुखहरुले वर्तमान प्रशासकिय अधिकृत लामिछानेलाई फुलमालाका साथ स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा नगर प्रमुख उद्दव प्रसाद खरेलले लामिछानेलाई कार्यकाल सुखद् रहोस भन्ने कामना सहित नगरपालिकाको प्रशासनिक कार्य सम्पादनमा सुशासन कायम राख्न अनुरोध गरेका थिए ।

साविक कपन गा.वि.स. को सचिव पदमा रहि बुढानीलकण्ठ क्षेत्रमा सेवा गरिसकेका भुवनेश्वर लामिछाने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय(अतिरिक्त समुह) बाट सरुवा भएका हुन् । लामिछानेले २०७१ सालमा बूढानीलकण्ठ नगरपालिका स्थानीय सरकार स्थापना भएसँगै नगरपालिका प्रशासन शाखा अधिकृतको रुपमा समेत काम गरेका थिए । यस अघि शिन्धुपालचोक स्थित चौतारा नगरपालिका र बलेफि गाँउपालिकामा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा रहेर समेत महत्वपूर्ण भूमिका खेलेका थिए ।

नगरपालिकामा ४ बर्ष अगाडि स्थानीय तहको निर्वाचित जनप्रतिनिधि आएदेखी भुवनेश्वर लामिछाने आठौँ प्रमुख प्रशासकिय अधिकृत हुन् । यो भन्दा पहिले विश्वराज मरासैनि, लिला अधिकारि, प्रदिप पौडेल, कुमार प्रसाद कोईराला, नारायण प्रसाद रिसाल, बैकुण्ठ सापकोटा र भर्खरै बिदा भएका राजेन्द्र कार्कीले नगरपालिकाको उक्त पदमा रहेर सेवा प्रदान गरेका थिए ।