Logo

बागमती पेज

माघ १०, २०७८ सोमबार

यज्ञराज पौडेलको ‘तिमीले सोचे जस्तो छैन…’ बजारमा


काठमाडौं । पोखराका यज्ञराज पौडेलको शब्द रहेको ‘तिमीले सोचे जस्तो छैन, तिमीलाई ताक्ने मान्छे’ लाई दर्शक श्रोताको साथ मिलेको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा ‘तिमीले सोचे जस्तोे छैन’ बोलको गीत एक साताअघि सार्वजनिक गरिएको हो । गीतमा हरि लम्सालको संगीत छ । सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।

यो गीतको भिडियोमा सफल जोडी कलाकारद्वय लक्ष्मी बर्देवा र जीवन भट्टराइले अभिनय गरेका छन् । बिक्रम श्रेष्ठको पनि भिडियोमा अभिनय रहेको छ । लक्ष्मी र जीवनकै निर्देशन रहेको भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन छ ।

‘तिमीले सोचे जस्तो छैन’को भिडियोलाई ‘टुवेल नोट्स’को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।