Logo

बागमती पेज

चैत्र ७, २०७८ सोमबार

माओवादी केन्द्र काठमाडौं क्षेत्रीय इन्चार्जमा रविन अधिकारी


काठमाडौं । नेकपा माओवादी केन्द्र काठमाडौंको क्षेत्रीय इन्चार्जमा रविन अधिकारी चयन भएका छन् ।

काठमाडौं क्षेत्र नं ४ (ख) को इन्चार्जमा रबिन अधिकारी चयन भएका हुन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारीलाई प्रदेश कमिटी बैठकले अधिकारीलाई क्षेत्रीय इन्चार्जमा चयन गरेको हो ।

बूढानीलकण्ठ नगरपालिका भित्र विभिन्न सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय रहेका अधिकारी नेकपा बूढानीलकण्ठ नगर अध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भए ।

नेकपा माओवादी केन्द्र बूढानीलकण्ठका पूर्व अध्यक्ष अधिकारीले ०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार बनेका थिए ।