Logo

बागमती पेज

चैत्र २६, २०७८ शनिबार

चुनावको मुखमा ११ डिएसपीको सरुवा


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ डिएसपीको काज सरुवा गरेको छ । राजनीतिक दबाबका कारण आधारमा गरिएको सरुवामा विभिन्न कार्यालयका प्रमुख पनि फेरिएका छन् ।

इप्रका मालाखेती कैलालीमा रबिन्द्र पाण्डे, राजापुर बर्दियामा सूर्य प्रसाद सुवेदी, इप्रका लम्की कैलालीमा रबिन कार्कीलाई पठाइएको छ । डिएसपीको सरुवा निकालेको एक हप्तामै यसरी काज सरुवा गरिएको छ ।

त्यस्तै दुई एसपीको पनि सरुवा भएको छ । दंगा गण त्रिपुरेश्वरमा एसपी प्रजित केसीलाई पठाइएको छ भने गणका एसपी सानुराम भट्टराईलाई काठमाडौं परिसरमा खटाइएको छ ।

यससँगै परिसरमा दुई एसपी रहने भएका छन् । यसअघि एसएसपी चक्रबहादुर सिंह नेतृत्वको एक समितिले परिसरमा मुद्दा र अप्रेसन हेर्न २ एसपी राख्न सिफारिस गरेका थियो ।