Logo

बागमती पेज

भाद्र १३, २०७९ सोमबार

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित


काठमाडौं : सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो ।

तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जीबन बीमा, म्यानु एण्ड प्रो र जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् ।

आज सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले ७.४८ प्रतिशतले कमाएका छन् भने गुमाउनेमा रुरु जलविद्युत कम्पनीका सेयरधनीहरुले ५.७० प्रतिशतले गुमाएका छन् ।