Logo

बागमती पेज

बैशाख ५, २०७९ सोमबार

सिन्धुली सुनकोशी गाउँपालिकामा काँग्रेसले गठबन्धन नगर्ने


सिन्धुली । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सिन्धुलीको सुनकोशी गाउँपालिकामा नेपाली काँग्रेस एकल रुपमा चुनावमा जाने भएको छ ।

शनिबार गाउँपालिकाका ७ वटै वडाका वडा सभापतिको बैठक बसी आगामी निर्वाचनमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी एकल रुपमा चुनावमा जाने निर्णय गरेको हो ।

आगामी निर्वाचनमा केन्द्रिय तहदेखि प्रदेश, जिल्ला र स्थानीय तहमा सत्तारुढ गठबन्धन गर्ने निर्णय गरेको भए पनि सुनकोशी गाउँपालिकाका सबै वडाहरू त्यसको पक्षमा नरहेकाले एकल रुपमा जाने निर्णय गरिएको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरु दलीय भागबण्डाको मोडालिटी बनाउन सक्रिय रहेपनि यस गाउँपालिका प्रमुख/उप-प्रमुखदेखि वडा तहसम्म एकल रुपमा उम्मेदवार उठाउने बैठकले निर्णय गरेको छ । बैठकले उक्त निर्णयको बोधार्थ माथिल्लो निकायमा पठाउने भएको छ ।