Logo

बागमती पेज

बैशाख ८, २०७९ बिहीबार

अध्यक्षमा विद्यार्थी नेता शुरेन्द्र शाही सर्वसम्मत


काठमडौं । नेकपा माओवादी केन्द्र महाबु गाउँपालिका–४ को अध्यक्षमा विद्यार्थी नेता शुरेन्द्र शाहीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ ।

अखिल क्रान्तिकारी आर आर क्याम्पस कमिटी सचिव रहेका विद्यार्थी नेतालाई दैलेखको महाबु गाउँपालिका–४ को अध्यक्षमा सर्वसम्मत सिफारिस गरिएको हो ।

विगत देखिनै राजनीतिमा सक्रिय रहेका नेता शाही विगत लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए ।

शाहीका चुनावी प्रतिवद्धता
१।प्रदेश स्तरीय खेल संचालन गर्ने र राष्ट्रिय स्तरको खेलाडी उत्पादन मा जोड दिने।
२। वडा नम्बर ४ मा पर्ने गैदाबाज मा बि मा न्युनतम एउटा प्राविधिक शिक्षा ल्याउने।
३।भ्रष्टाचार मुक्त प्रशासन सहितको सुशासन।
४। निशुल्क शिक्षा र स्वास्थ सुविधायुक्त वडा निर्माण गर्ने।
५। आन्तरिक उत्पादनमा जोड दिदै स्थानीय युवाका लागि रोजगारी सिर्जना गर्ने।
६। कृषिको आधुनिकिकरण गर्दै कृषकको आयमा वृद्धि गर्ने।
७। महिला तथा अन्य उत्पीडित समुदायको लागि विशेष आर्थिक कार्यक्रम ल्याउने तथा उहाँहरुको सशक्तीकरणमा विशेष जोड दिने।