Logo

बागमती पेज

बैशाख १२, २०७९ सोमबार

काभ्रेको नमोबुद्धका मेयर आकांक्षी पाण्डेमाथि आक्रमण


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेपाली काँग्रेसबाट मेयरको दावी गरेका रोशन पाण्डेमाथि आक्रमण भएको छ । आइतबार साँझ काँग्रेसकै अर्का आकांक्षी कुन्साङ लामाको समूहले उनीमाथि कुटपिट गरेको आरोप छ ।

पाण्डेको बेनपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बनेपा भिलेज रिसोर्टमा बैठक बसिरहेको बेला उनीमाथि आक्रमण भएको थियो । रोशन पाण्डे काँग्रेस निकट क्रियाशील पत्रकार समेत हुन् ।

टिकट वितरणबारे निर्णायक छलफल भइरहँदा अर्को समूहले अचानक मास आक्रमण गरेको बताइएको छ । आक्रमणबाट पाण्डेको शरीरमा चोटपटक लागेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाले आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको बताए । नमोबुद्ध नगरपालिकामा टिक वितरणबारे कांग्रेसभित्र आन्तरिक विवाद थियो ।