Logo

मेघनाथ पहाडी

बैशाख १३, २०७९ मंगलबार

एमाले फिक्कलको अध्यक्षमा पार्वती सुनुवार र उपाध्यक्षमा राजु बरालको उम्मेदवारी


सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेबाट पार्वती सुनुवार र उपाध्यक्षमा राजु बरालले आफ्नो उम्मेदवारी दिएका छन् ।

लामो छलफल पछि पार्टी नेतृत्वले दिएको निर्णय स्विकार गर्दै अध्यक्षमा सुनुवार र उपाध्यक्षमा बरालले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टी भित्रको आन्तरिक विद्रोह र आपसी छलफल पछि फिक्कल एमाले पुनः एकजुट भएको हो ।

नेता गणेश पहाडी निकट भनिएका फिक्कल एमालेका पार्टी अध्यक्ष रामप्रसाद भण्डारीले आफूले टिकट नपाएपछि राजिनामा समेत दिन भ्याएका उलने एमाले भित्र निकै जोडबलका साथ बिद्रोह गरेका थिए । अन्त्यमा पार्टी नेतृत्वको निर्णय स्विकार गर्दै समर्थन जनाएका छन् ।

यो पनि पढ्नुहोस्:

हामी महिला पनि प्रमुख बन्न सक्षम छौं : पार्वती सुनुवार

स्पष्ट भिजन सहित फिक्कल हाक्ने योजना छ : युवा नेता राजु बराल