Logo

मेघनाथ पहाडी

बैशाख २२, २०७९ बिहीबार

ईन्द्रावती गाउँपालिका: प्रभावकारी बन्दै घरदैलो अभियान


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशव्यापी रुपमा घरदैलो अभियानलाई प्रथामिकताकासाथ जोड दिईएको छ ।

त्यसै क्रममा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नं ५ मा घरदैलो अभियान प्रभावकारी बनेको हो । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार अण लामा लगायत सदस्यहरुले घरदैलो अभियानलाई प्रभावकारी बनाउँदै चुनावी माहोलमा उत्रियका हुन्।

आम वडावासीको ईच्छा र चाहाना अनुसार युवा नेता अण लामालाई नेपाली कांग्रेसले इन्द्रावती– ५ बाट वडाध्यक्षको उम्मेदवार बनाएको स्थानीयले जनाएका छन् ।

नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका वडा नं ५ को अध्यक्षमा युवा नेता अण लामा सर्वसम्मत चयन भएका हुन् । विगतमा गरेको कामको मुल्याङ्कन गर्दै अण लामा नेतृत्वको टीमलाई नेपाली कांग्रेस नेतृत्वले टिकट प्रदान गरेको हो ।