Logo

बागमती पेज

बैशाख २३, २०७९ शुक्रबार

अधिकांश स्थानमा चट्याङसहित वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती र गण्डकीका केही क्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा भएको जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बंगालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भइरहेको हो ।

उपत्यकाको आकाश बदलीले ढाकेकेको छ केही क्षेत्रमा फाट्टफुट्ट पानी परिरहेको छ। दिउँसो प्रदेश १, मधेस, बागमती, गणडकीका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि प्रदेश १ , बागमती र गण्डकीका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

शनिबार पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमतीका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षा हुने ठानिएको छ।