Logo

बागमती पेज

बैशाख २३, २०७९ शुक्रबार

कांग्रेसमय बन्यो चुनिखेल, घरदैलोमा भरत श्रेष्ठको टीमले पायो नसोचेको साथ !


काठमाडौं । निर्वाचन नजिकिएसँगै बूढानीलकण्ठ नगरपालिका वडा नं १३ मा घरदैलो अभियानलाई व्यापकता दिईएको छ ।

नेपाली कांग्रेसको तर्फबाट बूढानीलकण्ठ– १३ मा भरत श्रेष्ठले अध्यक्षमा आफ्नो उम्मेदवारी दिएका छन् । विगत लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय रहेका श्रेष्ठलाई नेपाली कांग्रेसले सर्वसम्मत रुपमा टिकट प्रदान गरेको हो ।

बूढानीलकण्ठ–१३ मा नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार विनोद चालिसे र उपप्रमुखकी उम्मेदवार रमिला वाग्ले लगायत अन्य नेता कार्यकर्ताले समेत वडा अध्यक्षको उम्मेदवार भरत श्रेष्ठको सक्रिता अब्बल रहेको जनाएका छन् ।

विगतको कामको मुल्याङ्कन गर्दै बूनपा–१३ मा श्रेष्ठको नेतृत्वमा अन्य पार्टीसदस्यहरु समेत सर्वसम्मत रुपमा चुनावी मैदानमा उत्रियका छन् । हाल घरदैलो अभियान प्रभावकारी बनेको छ ।

युवाहरूलाई समेटेर हिँड्न सक्ने नेताको रूपमा ख्याति कमाएका भरत श्रेष्ठलाई घरदैलो कार्यक्रममा साथ, सहयोग र समर्थन जनाउन युवा वर्गको बाक्लो उपस्थिति रहेको थियो । दोस्रो चरणको घरदैलो सुरु गरेका भरत श्रेष्ठले “समुन्नत समाजका लागि समर्पित सबल र सक्षम स्थानीय सरकार” को नारा सहित आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

केही दिन अगाडी चुनिखेल स्थित पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै यदि वडावासीले जिताएको खण्डमा सरकारी सुविधा नलिने घोषणा गरेका हुन् ।

उनले भने, ‘चर्चामा आउनकै लागि भनेर यो घोषणा गरेको हैन । आफू र आफ्नो परिवार चलाउनका लागि केही ब्याबसाय छ । त्यसबाट आवश्यक आय भइरहेको छ । सामान्य जीवनयापनभन्दा माथिको कुरामा व्यक्तिगत आकांक्षा छैन । निःस्वार्थ वडावासीको सेवा गर्ने अठोट राखेको छु ।’

आम वडावासीको ईच्छा र चाहाना अनुसार नेता भरत श्रेष्ठलाई नेपाली कांग्रेसले बूढानीलकण्ठ– १३ बाट वडाध्यक्षको उम्मेदवार बनाईएको हो  । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशव्यापी रुपमा घरदैलो अभियानलाई प्रथामिकताकासाथ जोड दिईएको छ ।