Logo

मेघनाथ पहाडी

बैशाख २३, २०७९ शुक्रबार

पाँचवर्षे अनुभव लिएर पुन: जनतामाझ युवानेता सुनुवार र बराल, फिक्कलमा पाए नसोचेको साथ !


काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै सिन्धुलीको फिक्कल गाउँपालिकामा एमालेको घरदैलो तथा अन्य कार्यक्रमलाई तीब्रता दिईएको छ ।

फिक्कलमा सत्तापक्ष दलले गठबन्धन गरेको छ । भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावी मैदानमा उत्रियको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले गठबन्धन गरेको छ । सत्तापक्ष दुबै दल मिलेर चुनावी माहोलमा होम्मिएका छन् ।

यस अघि भएको स्थानीय निर्वाचनबाट पालिका उपाध्यक्षमा निर्वाचित पार्वती सुनुवार यस स्थानीय निर्वाचनमा नेकपा एमालेबाट पालिका अध्यक्षको उम्मेदवार हुन् । उनी विगतको पाँच वर्षे अनुभव लिएर चुनावी मैदानमा उत्रियकी हुन् । विगतमा धेरै कामहरु गरेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने उनको भनाई छ ।

त्यस्तै यसअघि फिक्कल–५ को वडाध्यक्षमा निर्वाचित राजु बरालले भने विकासवादी नेताको संज्ञा पाएका छन् । उनको नेतृत्वमा वडामा गरिएका विभिन्न महत्वपूर्ण विकास निर्माण लगायतका कामको जिल्लामा समेत प्रशंसा गर्ने गरेको पाइन्छ ।

विगतमा बराल वडाध्यक्ष मात्र नभई पालिका प्रवत्ताका रुपमा रहेका थिए । प्रवक्त्ता बन्दा अझ बढि जिम्मेवारी भएको र पालिका भित्रका धेरैकामहरुको ज्ञान भएको उनको भनाई छ ।

द्वय युवा नेताहरु पार्वती सुनुवार र राजु बराल पाँच वर्षे अनुभव लिएर चुनावी मैदानमा उत्रीयका छन् । उनीहरुलाई स्थानीय तह संचालन सम्बन्धि ज्ञान अन्य भन्दा थप रहेको र चुनाव जिते पश्चात नतिजा आउने खालका प्रभावकारी काम गरेर नमूना पालिका निर्माण गर्ने स्पष्ट भिजन रहेको उनीहरुको भनाई छ ।

एसैबीच नेकपा एमालेको फिक्कलब्यापी विभिन्न कार्यक्रम चलिरहेको छ । सिन्धुलीको महत्वपूर्ण रुपमा चिनिएको फिक्कल गाउँपालिका एमालेका २ जना मन्त्रीहरुको निर्वाचन क्षेत्र पर्दछ । जसकारण यस क्षेत्रलाई महत्वपूर्ण रुपमा हेरिएको छ । द्वय मन्त्री गणेश कुमार पहाडी र प्रदिप कटुवाल रहेको यस क्षेत्रलाई जिल्लामा एमालेको गढ भएको क्षेत्रका रुपमा चिनिन्छ ।

यसका बावजुद पनि एमाले कमजोर बनाउन सत्तापक्ष गठबन्धनले दर्विलो उपस्थिति जनाएको छ । शत्तिशाली रुपमा चुनावी माहोलमा गठबन्धलाई निकै उत्साह थपिएको नेकपा एमालेका स्थानीय नेताहरुले बताएका छन् । एमालेको गढ मानिएपनि गठबन्धनले चुनावी माहोल तताएको छ । जसकारण गठबन्धन अझ उत्साहित बनेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र एक भएर एमालेसँग प्रतिश्पर्धा गर्दा चुनावी माहोल तातेको छ ।