Logo

बागमती पेज

बैशाख २५, २०७९ आईतबार

बूढानीलकण्ठका मेयर उम्मेदवार विनोद चालिसेको घोषणापत्र सार्वजनिक


काठमाडौं । ‘सबल स्थानीय सरकार : समुन्नत बूढनीलकण्ठ’ नगरको परिकल्पना र अठोटका साथ मतदाताहरू समक्ष बाचा र प्रतिबद्धताका साथ नेपाली कांग्रेसका मेयर पदका प्रत्यासी विनोद चालिसे अगाडि आएका छन्।

निर्वाचनलाई लक्षित गर्दै मेयर पदका उम्मेद्वार चालिसेले आफ्नो  घोषणा पत्र सार्वजनिक गरेका हुन्।  ‘व्यवस्थित सहर, जीवन्त नगर, समुन्नत बूढानीलकण्ठ, हाम्रो रहर’ नारा सहित घोषणापत्र सार्वजनिक गर्ने  क्रममा  निकै उत्साहित चालिसेले नगर विकासको यात्रामा सबै नगरबासिलाई एकसाथ लिएर अघि बढ्ने संकल्प व्यक्त गरे।

उत्कृस्ट शैक्षिक योग्यता सहित मैदानमा उत्रिएका चालिसेले प्रस्तुत गरेको घोषणापत्रमा उनको प्राविधिक कौशल र विषयगत दक्षता स्पस्ट झल्किन्छ। अर्थ शास्त्र र शिक्षा शास्त्र गरि दुइ विषयमा स्नातक र जन प्रशासन विषयमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका चालिसेले प्रस्तुत गरेका प्रतिबद्धतामा नगर विकास, व्यवस्थित सहरीकरण, गुणस्तरीय शिक्षा प्रत्याभूति, प्रविधिद्वारा संचालित सेवा, स्थानीय पूर्वाधार, लगायत विभिन्न कार्ययोजना हेर्दा उनले आफ्नो शैक्षिक विज्ञतालाई भरपुर सदुपयोग गरेको छर्लंग हुन्छ। 

चुनावी प्रतिस्पर्धामा रहेका निकट प्रतिद्वन्दीका रुपमा हेरिएका अन्य प्रतिस्पर्धी भन्दा विनोद चालिसे सरल व्यक्तित्व र शिष्ट आचरणका हिसाबमा मात्र नभई नगर विकासका ठोस योजना र सबल प्राविधिक योग्यताका कारणपनि अन्य रानीतिक दलका उमेद्द्वारभन्दा अलक देखिएका छन्।  उनले प्रस्तुत गरेको घोषणा पत्रका बुँदाहरुले नै चालिसे यो नगरका लागि कति उपयुक्त छन् भन्ने तथ्य स्पस्ट बताउछन् ।