Logo

भवानी कार्की

बैशाख २५, २०७९ आईतबार

दलित महिला सदस्यमा कविता मुग्रातीको उम्मेदवारी


दोलखा । भीमेश्वर नगरपालिका वडा नं ७ नेकपा एमालेको तर्फबाट दलित महिला सदस्यमा कविता मुग्रातीले उम्मेदवारी दिएकी छन् ।

वडाको दलित महिला सदस्य उम्मेदवारमा मुग्रातीले उम्मेदवारी दिएकी हुन् । केहि समय अघिबाटै नेकपा एमालेमा प्रवेश गरेकी मुग्राती यस अघि कुनै पनि पार्टिमा सँलग्न भएकी थिइनन् । वडाको विकासको लागि दलित तर्फबाट सदस्य भएमा वडाको विकासको निमित्त आफु सकृय भएर लाग्ने उनको योजना छ ।

आफू वडा सदस्य भएमा वडाको दलित समुदाएको हकमा शिक्षा, स्वास्थ्य, खानेपानी लागायत विकासका पुर्वधारका साथै वडामा विकास कार्यक्रमका योजना ल्याई वडा परिबर्तन गरेर देखाउने उनको प्रतिबद्धता छ ।