Logo

बागमती पेज

बैशाख २५, २०७९ आईतबार

हेटौंडामा राप्रपाको चुनावी सभा : ठूला दलविरुद्ध खनिए लिङ्देन


हेटौंडा । स्थानीय तहको निर्वाचन आउन ५ दिन बाँकी रहँदा राप्रपाले मकवानपुरमा चुनावी सभा आयोजना गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा राप्रपाले स्थानीय निर्वाचनलाई केन्द्रित गरेर आइतबार बृहत आमसभा आयोजना गरेको थियो । ।

सभालाई सम्बोधन गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भनिएका दलले लामो समय नेतृत्व लिएको अवस्थामा देश भ्रष्टाचारमा डुबेको आरोप लगाए । राजनीतिक दलहरूको सत्ता मोहका कारण देशको अर्थतन्त्र धरासायी बन्न पुगेको उनको आरोप थियो । देशलाई दुर्घटनामा जानबाट रोक्नु पर्ने भन्दै आम जनताले राप्रपालाई विश्वास गर्नुपर्ने तर्कसमेत उनले गरे । राप्रपाको योजना अनुसार देश समृद्ध बन्ने उनको दाबी छ ।

देशको विद्यमान समस्याको अन्त्य राजनीतिबाटै हुने प्रस्ट पार्दै उनले विगतमा काँग्रेस, एमाले, माओवादी केन्द्रबाट त्यो सम्भव नरहेकाले राप्रपाले नेतृत्व लिने योजना बनाएको बताए ।