Logo

बागमती पेज

बैशाख ३१, २०७९ शनिबार

गोकर्णेश्वर-१ मा नेकपा एमालेको प्यानल विजयी


काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार द्वारिका श्रेष्ठको प्यानल नै विजयी भएको हो । अध्यक्ष श्रेष्ठ संगै वडा सदस्यहरुमा सदस्यहरुमा केशब प्रसाद सिंखडा, श्री कृष्ण तामाङ, अन्जली तामाङ र सिता दर्जी बिजयी भएका छन् ।

यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको थियो । वडा नं १को मत गणना सकिँदा नगरप्रमुखम तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् । अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।