Logo

बागमती पेज

जेष्ठ १, २०७९ आईतबार

गोकर्णेश्वर -३ मा नेकपा एमालेको प्यानल बिजयी


काठमाडौँ : काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार मुरारी प्रसाद कुइकेलको प्यानलनै विजयी भएको हो ।

अध्यक्ष कुइकेल संगै वडा सदस्यहरुमा बुद्धि बहादुर श्रेष्ठ, सचिन लामा , लक्ष्मी भण्डारी र चित्रमाया वि.क बिजयी भएका छन्। यसअघि ०७४ सालको स्थानीय चुनावमा वडा नम्बर ३ मा नेपाली कांग्रेसले वडा अध्यक्ष राजेन्द्र भण्डारी सहित ३ सदस्य जितेको थियो ।

वडा नं ३ को मत गणना सकिँदा नगर प्रमुख तथा उपप्रमुखमा एमालेकै उम्मेदवारले अग्रता कायम गरेका छन् ।अन्तिम मत परिणाम निर्वाचन आयोगले केही समयपछि प्रकाशन गर्नेछ ।