Logo

मेघनाथ पहाडी

जेष्ठ १, २०७९ आईतबार

काठमाडौंको शंखरापुरमा समाजवादीको अग्रता


काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । वडा नम्बर १ र ९ को मतगणना सम्पन्न भएर वडा नम्बर २ र ८ मा मतगणना भइरहँदा नगर प्रमुखमा समाजवादीका उम्मेदवार लक्ष्मी प्रसाद श्रेष्ठले १५ सय ७८ मत पाएर अग्रता लिएका छन् ।

उनी १ सय २९ मतले अघि रहेका छन् । दोस्रोमा उनका प्रतिस्पर्धी एमालेका कृष्णलाल बजगाईँले १४ सय ४९ मत पाएका छन् । तेस्रोमा माओवादी केन्द्रका मधु केसीले १३ सय १५ मत पाएका छन् । चौथोमा राप्रपाका रमेश नापितले ११ सय ७९ मत पाएका छन् ।

यसअघि राप्रपा तथा एमालेले अग्रता लिँदै आएकोमा वडा नंबर १ र ९ को गणना सकिएर वडा नंबर ८ र २ मा मतगणना चलिरहँदा एकीकृत समाजवादीले अग्रता लिएको हो । शंखरापुर नगरपालिका वडा नंबर १ मा माओवादी केन्द्र र वडा नंबर ९ मा नेपाली काँग्रेसले वडाध्यक्ष हात पारेको छ ।