Logo

बागमती पेज

जेष्ठ २, २०७९ सोमबार

जसपाले पनि जित्यो गाउँपालिका


काठमाडौं । मधेस केन्द्रित दलहरुले पालिका जित्न नसकेको खबरहरु आइरहँदा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि पहिलोपटक गाउँपालिका जितेको छ ।

जनता समाजवादी पार्टीबाट पहिलो गाउँपालिका अध्यक्ष बन्ने सौभाग्य गम्बु शेर्पालाई गएको छ । उनी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा इतिहास रच्दै छाता चिन्हबाट गाउँपालिका अध्यक्ष निर्बाचित भएका हुन ।

७ वटा वडा कांग्रेसले जितेको भए पनि गम्बु शेर्पा गाउँपालिका अध्यक्ष हुन सफल भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतले २७५२ मत ल्याए ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका सुशिला तामाङ विजयी भइन् । उनले २८२४ मत ल्याइन् । जसपाकी मान कुमारी तामाङले २२४१ मत ल्याइन् ।