Logo

मेघनाथ पहाडी

जेष्ठ ३, २०७९ मंगलबार

नेपाली कांग्रेसका युवा नेता युवराज पहाडी अध्यक्षमा विजयी


सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिका वडा नं ७ को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता युवराज पहाडी विजयी भएका छन् ।

विद्यार्थी जीवन देखि नै राजनीतिामा सक्रिय रहेका पहाडी विगत लामो समयदेखि नेपाली कांग्रेमा आवद्ध रहेका थिए । वडावासीको चाहाना र युवा नेता पहाडीको नयाँ एजेण्डालाई तीनपाटनवासीले साकार पारेका छन् ।

युवा नेता पहाडी आफूले मात्र जितेनन् । उनको सिंगो टीमले जित हासिल गर्न सफल भएको छ । उनको जित आगामी दिनमा वडा र सिंगो पालिकाको जितको रुपमा सावित हुनेछ ।

नव निर्वाचित युवा नेता युवराज पहाडीले भने– काम गरेर देखाउनेलाई अन्य जस्तो समस्या हुँदैन, हाम्रो टीमले तीनपाटनमा उत्कृष्ट काम गरेर हाम्रो हैन जनताको जित भएको देखाउन चाहान्छौं ।