Logo

भवानी कार्की

जेष्ठ ४, २०७९ बुधबार

एमालेकी युवा नेतृ अस्मिता थापा लिखु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित


काठमाडौं । अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य अस्मिता थापा ओखलढुंगाको लिखु गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

एमालेबाट उपाध्यक्षको उम्मेदवार बनेकी थापाले निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवारलाई एक हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् । उनले ४११६ मत प्राप्त गर्दा कांग्रेसकी प्रेमकुमारी दाहालले ३ हजार ९३ मत प्राप्त गरेकी थिईन् ।

गाउँपालिका अध्यक्षमा भने एमालेका मिलन बहादुर बिष्टलाई नेपाली कांग्रेसका अशोक कुमार कार्कीले २८४ मतालन्तरे पराजित गरेका छन् ।