Logo

शंकर श्रेष्ठ

जेष्ठ १७, २०७९ मंगलबार

काठमाडौंका जनप्रतिनिधिलाई दिपकराजको प्रहार, बालेनजी बाँदरहरू अब तह लगाउनै पर्छ


काठमाडौँ । चर्चित कलाकार दीपकराज गिरीले काठमाडौँ महानगरपालिकाका वडाध्यक्षहरूलाई बाँदरको संज्ञा दिएका छन् उनले सामाजिक सञ्जालमा वडाध्यक्षहरूलाई बाँदरको संज्ञा दिएका हुन् ।

सोमबार महानगरपालिकाको बैठकमा बालेन साहलाई वडाध्यक्षहरूले प्रक्रिया सिक्नुपर्ने भनेपछि विभिन्न प्रतिक्रिया आइरहँदा गिरीले बाँदरको संज्ञा दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्: ‘प्रक्रिया सिकेर आउनु पर्छ सही हो, कुरा एकदम ठिक हो । बाँदरहरू कसरी तह लगाउने त्यो प्रक्रिया त अब सिक्दै पर्छ बालेनजी ।’