Logo

बागमती पेज

जेष्ठ २४, २०७९ मंगलबार

‘ए माया’ मा नरेश र उषाको रोमान्स


काठमाडौं । गायक जीवन परिवेशको ‘ए माया ’ बोल रहेको गीत सार्वजनिक भएको छ । दीपकराज विश्वकर्माको संगीत रहेको गीतमा सुमन स्मारिकाको शब्द छ ।

गीतको भिडियोमा संचारकर्मी तथा मोडल नरेश भट्टराई तथा उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । भिडियोका निर्देशक युवराज वाइबा हुन् ।

भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । गीतले महिलाको सुन्दरताको समेत चर्चा गरेको छ । निसल पौडेलको छायांकन रहेको भिडियोमा बिकाश दहालले सम्पादन गरेका हुन् ।