Logo

बागमती पेज

जेष्ठ २६, २०७९ बिहीबार

मलेसियालाई हराउँदै आईसिसी यु १९ महिला विश्वकप छनोटमा नेपाल तेस्रो


आइसिसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपालले जित हात पारेको छ ।

नेपालले आयोजक मलेसियामाथि बिहीबार २५ रनको जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा ८६ रन जोड्यो ।

नेपालका लागि अन्जली विश्वकर्माले ३३ रन र आस्मा पुलामी मगरले २६ रनको योगादन गरे । बलिङमा मलेसियाकी नूर समादले २ विकेट लिइन् ।

८७ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेटको क्षतिमा ६१ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि इस्ला हन्टरले २८ रन जोडिन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा नेपालकी कप्तान कृतिका मरासिनीले २ विकेट लिइन् । यो जितसँगै ६ अंक जोडेको नेपाल छनोटमा तेस्रो भएको छ। नेपालले पाँचमध्ये तीन खेल जित्दा दुई खेलमा हार बेहोर्‍यो ।

नेपाललाई थाइल्यान्डले ४९ रन र युएईले १० विकेटले पराजित गरे । अन्तिम खेलमा मलेसियालाई हराएको नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो। यस्तै भुटानमाथि ४ विकेटले जित निकालेको थियो ।