Logo

बागमती पेज

जेष्ठ २९, २०७९ आईतबार

एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा एमाले नेता भट्टराई निर्वाचित


काठमाडौं । एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा आगामी दुई वर्षका लागि नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित भएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागमा शनिवार सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई अध्यक्ष चयन गर्दै आगामी वर्षको एसिया युरोप राजनीतिक फोरमको वार्षिक कार्यक्रम नेपालमा गर्ने निर्णय समेत भएको छ ।

अर्को वर्षको अक्टोबरमा हुने सोही कार्यक्रमको अवसर पारेर इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसीएपीपी) को स्थायी कमिटी बैठक समेत आयोजना हुने भएको छ ।

विश्वभरका राजनीतिक दल सहभागी सो संगठनमा यसअघि नेपालबाट केपी ओली, झलनाथ खनाल र माधव नेपालले प्रतिनिधित्व गरिसकेका छन् भने अहिले डा. भट्टराई छन् ।

प्रागमको भेलामा करीव ३० देशका विभिन्न पार्टीका प्रतिनिधि सहभागी रहेको भट्टराईले जनाएका छन् ।