Logo

बागमती पेज

जेष्ठ २९, २०७९ आईतबार

चिनिको भाउ प्रतिकिलो २० रुपैयाँले महँगियो


काठमाडौ । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ

तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् । नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो ।

सँघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।